एनएमबी बैंकको २८औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।
बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो।
उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक सेयरधनीहरूको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कटुवाल निर्वाचित भएका छन्।
यसैगरी, सर्वसाधारण सेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्।
एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरिएको पनि सभामा जानकारी दिइएको छ।
साथै, निर्वाचित सञ्चालकहरू समेतको सोही मितिमा बसेको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।