बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसा पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ११ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ०२ पैसा र बिक्रीमा ८७ रूपैयाँ ४१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ १७ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रूपैयाँ १४ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ १४ पैसा र बिक्रीमा २८ रूपैयाँ २६ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ०७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ०२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६८ पैसा तोकिएको छ।