नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रूपैयाँ १४ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ०४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ४४ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०१ पैसा र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ६९ पैसा र बिक्रीमा २७ रूपैयाँ ८१ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ७९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ४१ पैसा तोकिएको छ।