सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।