बुधबार नेप्से परिसूचक स्थिर रहेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार २००१.६४ विन्दुमा बन्द भएको बजार यसदिन २०००.७७ विन्दुमा बन्द भएको छ।
बुधबारको बजारमा २ अर्ब ३ करोड ८१ लाख ९७७ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रूपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबारको तुलनामा आज कारोबार रकम १७ करोड रूपैयाँ बढी हो।
यस दिन ३०८ वटा धितोपत्रको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र विशाल बजारको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः १९ हजार ६४१ रूपैयाँ, १६ हजार १४४ रूपैयाँ ७० पैसा र ४ हजार २६ रूपैयाँ कायम भएको छ।
यस्तै, बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार २६९ रूपैयाँ २० पैसा पुगेको छ।
सामलिङ पावरको सेयर मूल्य सर्वाधिक ६.६६ प्रतिशतले घटेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य ६१७ रूपैयाँमा झरेको छ।
यस्तै, गुराँस लघुवित्तको सेयरमूल्य ५.९७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९१४ रूपैयाँ कायम भएको छ।
बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४५८ रूपैयाँ ५० पैसामा १२ करोड ६९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.५५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१५ रूपैयाँमा ८ करोड ६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन व्यापार समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशतले बढेको छ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ।
विकास बैंक समूहको परिसूचक सर्वाधिक १.११ प्रतिशतले घटेको छ।