नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९७ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८६ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ ४४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ०९ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ र बिक्रीमा ८६ रूपैयाँ ३९ पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रूपैयाँ २८ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रूपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ८९ पैसा र बिक्रीमा २८ रूपैयाँ ०२ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७१ पैसा तोकिएको छ।