बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १०.८३ अंकले घटेको हो।
लगातार चार कारोबार दिन घटेको बजार अघिल्लो दिन अर्थात् मंगलबार १०.१४ अंकले बढेको थियो। तर यसले निरन्तरता भने पाउन सकेन।
बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २०३०.८६ बिन्दुमा बन्द भएको छ।
आज बजारमा कारोबार रकम पनि घटेको छ। मंगलबारको बजारमा दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रूपैयाँको सेयर कारोबार भएकोमा आज जम्मा दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रूपैयाँको सेयर कारोबार भएको छ।
आज ३१० वटा धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भएको छ। बुधबार १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ५१ वटाको मूल्य बढेको छ। यस्तै ६ कम्पनीको सेयर मूल्य आज स्थिर छ।
सर्वोत्तम सिमेन्टको सेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९८४ रूपैयाँ ६० पैसा कायम भएको छ।
यस्तै हिमालय म्युचल फन्डको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ। यसपछि सर्वाधिक बढ्नेमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.२४ प्रतिशतले बढेर प्रतिक्रित्ता ४७४ रूपैयाँ कायम भएको छ।
आज कालिका लघुवित्त वित्तीय संस्थाको मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ७५३ रूपैयाँ ७० पैसामा झरेको छ।
यस्तै श्रृजनशिल लघुवित्तको सेयर मूल्य ३.९६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९७० रूपैयाँमा झरेको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ९ करोड ७२ लाख २२ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ८ करोड ३२ लाख २४ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।