साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ।
नेप्से ५.३६ अंकले बढेर २८३८ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम भने घटेको छ। बिहीबार नौ अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार सात अर्ब ४६ करोडको कारोबार भएको छ।
लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ। सूचीकृत कम्पनीहरूको वित्तीय विवरण प्रकाशित हुन सुरू भएको छ।
एकाध कम्पनीको मात्रै यस्ता विवरण सार्वजनिक भएकोले लगानीकर्ताहरूले ‘पर्ख र हेर’को रणनीति अपनाइरहेका छन्।
यही कारण बजार केही समयदेखि २८ सयको विन्दुमा अडिन खोजिरहेको देखिन्छ।
बजारमा ३३५ वटा धितोपत्रको कारोबार हुँदा १३८ को मूल्य बढेको छ भने १७८ वटाको घटेको छ। बाँकीको स्थिर छ।
कारोबारमा आएका मध्ये होटल तथा पर्यटन, उत्पादनमुलक, जलविद्युत्, व्यापारमुलक र ‘अन्यसमूहगत परिसूचकमा सुधार भएको छ।