बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा बन्द भएको हो।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ३ अर्ब १९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन २ अर्ब ९३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३४ वटा धितोपत्रको ६६ लाख ८४ हजार ७ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
यसदिन, स्वावलम्बन लघुवित्तको मूल्य सर्वाधिक १२.१९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८१० रूपैयाँ पुगेको छ।
यस्तै, श्रीजनशील लघुवित्तको मूल्य ४.२९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ४८२ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ।
उक्त कम्पनीको मूल्य १३.२४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार १२७ रूपैयाँ ९० पैसामा झरेको छ
यसैगरी, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य ९.१२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१८ रूपैयाँमा सीमित भएको छ।
बिहीबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ३६२ रूपैयाँ ८० पैसामा १७ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेसनल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको २७३ रूपैयाँमा १४ करोड ३४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यसमध्ये व्यपाार समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले बढेको छ।