नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा वैशाख एक महिनामा वार्षिक औसत मूल्य वृद्धि ५.०४ प्रतिशत छ।
गत वर्ष वैशाखमा यस्तो वृद्धिदर २.७७ प्रतिशत थियो।
चालु आर्थिक वर्ष २०८२-८३ को १० महिना (साउनदेखि वैशाखसम्म) को औसत मूल्य वृद्धि दर २.६६ प्रतिशत छ।
गत आर्थिक वर्ष २०८१-८२ को यो अवधिसम्मको औसत मूल्य वृद्धि ४.३९ प्रतिशत थियो।
चालु आर्थिक वर्षमा मूल्य वृद्धि वार्षिक औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ।
यो १० महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा फलफूलमा १८.६० प्रतिशत, घ्युतेलमा सबैभन्दा धेरै १३.९९ प्रतिशत, तरकारीमा ५.४० प्रतिशत, माछामासुमा ४.१६ प्रतिशतले मूल्य वृद्धि भएको छ।
तर, दाल तथा गेडागुडीको १.६७ प्रतिशत र मरमसला ०.६५ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा १९.९० प्रतिशत, यातायात १५.३० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत, मदिरा तथा पेय पदार्थको ४.७७ प्रतिशत र कपडाजन्य तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशतले बढेको छ।