सोमबार नेप्से परिसूचक स्थिर रहेको छ।
नेप्से २६८४.३३ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार ३ अर्ब ७५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४९ वटा धितोपत्रको एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच भएको हो।
आज १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने १४१ वटाको घटेको छ। यस्तै ७ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य एक हजार ५०५ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ११.७७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९६० रूपैयाँ कायम भएको छ।
यसैगरी, रिलायन्स स्पिनिङ मिल्सकोे मूल्य सर्वाधिक ७.४० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७७७ रूपैयाँमा झरेको छ।
यसैगरी, साल्पा विकास बैंकको मूल्य ४.३१ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार रूपैयाँमा सीमित भएको छ।
सोमबार रलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ७७७ रूपैयाँमा २७ करोड ६२ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ।
उक्त कम्पनीको ३६७ रूपैयाँ ८० पैसामा २० करोड ८२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.२० प्रतिशतले घटेको छ।