सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ४ अर्ब ५७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ४ अर्ब ७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४३ वटा धितोपत्रको एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर किनबेच भएको हो।
आज ५८ कम्पनीको सेयरमूल्य बढेको छ भने २१४ वटाको घटेको छ। यस्तै ५ कम्पनी स्थिर छन्।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य एक हजार ७३१ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य १०.०७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१५ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १३.४३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३१ रूपैयाँ १०पैसामा झरेको छ।
यसैगरी, केबिएल डिबेन्चर २०८६ को मूल्य ६.८३ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार १८० रूपैयाँमा सीमित भएको छ।
मंगलबार खानीखोला हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३१५ रूपैयाँ ९० पैसामा ४० करोड ६६ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिद्धार्थ बैंक रहेको छ।
उक्त कम्पनीको ४१७ रूपैयाँ ९० पैसामा १६ करोड ७७क लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.३१ प्रतिशतले घटेको छ।