बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ४ अर्ब ४० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ४ अर्ब ६२ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४७ वटा धितोपत्रको एक करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनबेच भएको हो।
आज ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने २०२ वटाको घटेको छ। यस्तै १० कम्पनी स्थिर छन्।
अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०७ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, कालंगा हाइड्रोको मूल्य ४.६२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५५४ रूपैयाँ ५० पैसा कायम भएको छ।
यसैगरी, एलएस होरिजन १२ को मूल्य सर्वाधिक ६.५० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३५ पैसामा झरेको छ।
यसैगरी, मेगा म्युचुअल फण्ड १ को मूल्य ५.६१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ७५ पैसामा सीमित भएको छ।
बिहीबार रिडी पावको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३८४ रूपैयाँ ९० पैसामा ४७ करोड २४ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ।
उक्त कम्पनीको ३७४ रूपैयाँमा २६ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।