शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गएको शुक्रबार (कात्तिक २० गते) ३ अर्ब ४६ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ३ अर्ब पाँच करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३५ वटा धितोपत्रको ७८ लाख ४४ हजार २६७ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
स्वेत गंगा हाइड्रोपावरको मूल्य सर्वाधिक ७.५६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३५७ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, सामलिङ पावरको मूल्य ५.८७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ४२१ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसदिन क्रेस्ट माइक्रो लाइफको मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७८ रूपैयाँ पुगेको छ।
यसैगरी, घोराही सिमेन्टको मूल्य ७.८७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३५० रूपैयाँ १० पैसामा सीमित भएको छ।
शुक्रबार घोराही सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३५० रूपैयाँ १० पैसामा ४० करोड ७ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा माई हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ५७५ रूपैयाँमा १६ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक घटेको छ भने बाँकी चार समूहको बढेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ।