शुक्रबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ४ अर्ब ६२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ३ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३४ वटा धितोपत्रको एक करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच भएको हो।
आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ भने १८४ वटाको घटेको छ। यस्तै ६ कम्पनी स्थिर छन्।
आत्मनिर्भर लघुवित्तको मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य पाँच हजार ९९६ रूपैयाँ पुगेको छ।
यस्तै, एचएलआई लार्ज क्याप फण्डको मूल्य ५.१८ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ९४ पैसा कायम भएको छ।
यसैगरी, अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ६.९३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३७९ रूपैयाँ ९३ पैसामा झरेको छ।
यस्तै, बिओके डिबेन्चर २०८६ को मूल्य २.९९ प्रतिशतले घटेर डिबेन्चर मूल्य एक हजार १११ रूपैयाँ १० पैसामा सीमित भएको छ।
शुक्रबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६८८ रूपैयाँमा ३९ करोड २५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.९३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ।
उक्त कम्पनीको ३७५ रूपैयाँमा २३ करोड २ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको घटेको छ।