सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का केही योजनाका इकाइ प्राथमिक निष्कासन (आइपिओ) को अंकित मूल्यभन्दा पनि कममा कारोबार हुन थालेपछि लगानीकर्ताको आकर्षण बढेको छ।
कम्पनीले सेयर जारी गरेजस्तै म्युचुअल फण्डले इकाइ जारी गर्छन्।
नेपालमा खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका योजना सञ्चालनमा छन्।
खुलामुखी योजनाको निश्चित परिपक्व मिति हुँदैन र व्यवस्थापकमार्फत नियमित खरिद–बिक्री हुन्छ।
बन्दमुखी योजनाको निश्चित अवधि हुन्छ र नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन्छ।
म्युचुअल फण्डले लगानीकर्ताबाट उठाएको रकम विभिन्न सेयर, ऋणपत्र तथा अन्य वित्तीय उपकरणमा लगानी गर्छन्। त्यसबाट भएको आम्दानी तथा नाफाका आधारमा योजनाले लाभांश वितरण गर्छन्।
लाभांशको दर भने निश्चित हुँदैन। दिनै पर्छ भनेर सुनिश्चित गरिएको पनि हुँदैन।
म्युचुअल फण्डका इकाइ सामान्यतः प्रतिइकाइ १० रूपैयाँ अंकित मूल्यमा प्राथमिक निष्कासन हुन्छन्। तर अहिले दोस्रो बजारमा केही बन्दमुखी योजनाका इकाइ १० रूपैयाँभन्दा कममै पाइने अवस्था छ।
प्राथमिक बजारको मूल्यभन्दा सस्तोमा इकाइ पाइएपछि यस्ता योजनाप्रति आकर्षण बढेको हो।
तर अंकित मूल्यभन्दा कममा कारोबार भयो भन्दैमा इकाइ खरिद गरिहाल्न नहुने जानकारहरू बताउँछन्। योजनाको खुद सम्पत्ति मूल्य (न्याभ), आगामी लाभांश क्षमता र योजनाको बाँकी अवधि पनि हेर्नुपर्ने हुन्छ।
नबिल इन्भेस्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीका अनुसार असार मसान्तमा योजनाको न्याभ अंकित मूल्यभन्दा कम भएमा लाभांश वितरण गर्न पाइँदैन।
असार मसान्तमा न्याभ १० रूपैयाँभन्दा माथि रहेको अवस्थामा भने सेयर बिक्री, प्राप्त लाभांश वा ब्याजबाट वास्तविक रूपमा प्राप्त आम्दानीका आधारमा लाभांश वितरण गर्न सकिने उनको भनाइ छ।
योजनाहरुको बजारमा लगानी रहेका सेयरको मूल्य बढे पनि बिक्री नगरेसम्म त्यसबाट भएको आम्दानी भने 'अनरियलाइज्ड गेन' अर्थात् प्राप्त भइनसकेको आम्दानीका रूपमा रहन्छ।
गत शुक्रबारको कारोबारमा मूल्य बढे पनि अंकित मूल्यभन्दा कममा कारोबार भएका आठ योजनाहेर्दा पाँच योजनाको असार मसान्तको न्याभ १० रूपैयाँभन्दा माथि छ।
सनराइज फोकस इक्विटी फण्ड, मुक्तिनाथ म्युचुअल फण्ड–१, एनआइसी एसिया ब्यालेन्स्ड फण्ड, नबिल ब्यालेन्स्ड फण्ड–३ र एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको असार मसान्तको न्याभ १० रूपैयाँभन्दा बढी छ।
यिनले प्राप्त गरिसकेको आम्दानीबाट ६ देखि ११.२ प्रतिशतसम्म लाभांश दिन सक्ने अवस्था छ। प्राप्त आम्दानीलाई कुल कोष रकमले भाग गरी १०० ले गुणन गर्दा लाभांश दर निस्किन्छ।
एचएलआई लार्ज क्याप फण्ड, एनआइसी एसिया सेलेक्ट फण्ड–३० र मेगा म्युचुअल फण्ड–१ को असार मसान्तको न्याभ १० रूपैयाँभन्दा कम रहेकाले यस पटक लाभांश वितरण गर्न नपाउने भएका छन्।
हालको व्यवस्थाले त्रैमासिक रूपमा न्याभ अंकित मूल्यभन्दा माथि रहे पनि असार मसान्तमा घटेमा लगानीकर्ताले लाभांश पाउन नसक्ने अवस्था सिर्जना गरेको नबिल इन्भेस्टका प्रमुख कार्यकारी अधिकृत जोशी बताउँछन्।
त्यसैले सामूहिक लगानी कोषलाई त्रैमासिक वा अर्धवार्षिक रूपमा लाभांश वितरण गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
'यस्तो व्यवस्था भए प्रत्येक अवधिको न्याभका आधारमा लाभांश वितरण गर्न सकिने र लगानीकर्ताले कुनै न कुनै अवधिमा योजनाले कमाएको प्रतिफल प्राप्त गर्ने अवस्था बन्न सक्छ,' उनले भने।
|
|
बजार मूल्य रु
|
२०८३ असार
प्रति इकाइ खुद सम्पत्ति मूल्य रु
|
परिपक्व मिति
|
२०८३ असार प्राप्त आम्दानी करोडमा
|
सम्भावित लाभांश %
|
|
सनराइज फोकस्ड इक्विटी फण्ड
|
९.९८
|
१०.४५
|
२०८९ माघ २७
|
१०
|
१०
|
|
मुक्तिनाथ म्युचुअल फण्ड १
|
९.८०
|
१०.२२
|
२०९१ पुस ३
|
१४
|
११.२
|
|
एनआइसी एसिया ब्यालेन्स्ड फण्ड
|
९.५७
|
१०.१३
|
२०८६ भदौ ११
|
६.१९
|
८.२५
|
|
नबिल ब्यालेन्स्ड फण्ड ३
|
९.५५
|
१०.२६
|
२०८८ असोज ६
|
१०
|
८
|
|
एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड
|
९.३७
|
१०.०९
|
२०८६ जेठ ३०
|
६.१६
|
६.०३
|
|
एचएलआइ लार्ज क्याप फण्ड
|
८.९४
|
८.७३
|
२०८२ साउन २२
|
|
|
|
एनआइसी एसिया सेलेक्ट फण्ड ३०
|
८.९
|
९.५५
|
२०८५ असार २२
|
|
|
|
मेगा म्युचुअल फण्ड १
|
८.८८
|
९.४८
|
२०८८ भदौ २२
|
|
|