मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।