बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ६ अर्ब ३५ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५६ वटा धितोपत्रको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।
नेपाल ल्युब आयलको मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २७१ रूपैयाँ ३० पैसा पुगेको छ।
यस्तै, सोनापुर मिनरल्सको मूल्य ७.६५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ४३४ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसदिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५५० रूपैयाँ पुगेको छ।
यसैगरी, धौलागिरी लघुवित्तको मूल्य १०.१९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २०५ रूपैयाँ १० पैसामा सीमित भएको छ।
बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ७०२ रूपैयाँमा ३५ करोड ८१ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.१८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिस्टिलरी रहेको छ। उक्त कम्पनीको एक हजार ३१२ रूपैयाँमा ३५ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी १२ समूहको बढेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ।