सिद्धार्थ बैंक विश्वप्रसिद्ध भुक्तानी सेवाप्रदायक संस्था भिसा इन्टरनेसनलद्वारा आयोजित 'भिजा लिडरसिप कन्क्लेभ' कार्यक्रममा दुईवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।
बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा 'एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड बिजनेस' र एक्लिसेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस’ विधामा सम्मानित भएको हो।
बैंकका अनुसार ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुसार बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवा विस्तार गर्दै आएको छ।
यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकको भनाइ छ ।
असार मसान्तसम्म सिद्धार्थ बैंकले मात्रै ६९ हजार क्रेडिट कार्ड जारी गरेको छ।