लोकप्रिय संगीतकारहरु राहित शाक्य र मनोज कुमार के.सी. संगीत क्म्पोजरहरुको रुपमा टुबोर्ग ओपन सेसन्स् सिजन २ का लागि एक साथ भएका छन् । २६ वटा नयाँ गीतहरुका लागि उनीहरुले सँगै सांगीतिक सहकार्य गर्नेछन् ।
प्रचलित कलाकार तथा ब्याण्डहरु जिन्दाबाद, त्रिशला गुरुङ्ग र शिब परियारसँग रोहित शाक्यले सांगीतिक सहकार्य गर्नेछन् भने, मनोज के.सी.ले मोक्तान परिवार र सन्जय श्रेष्ठसँग काम गर्नेछन् । उनीहरु दुवैले एउटा मुख्य कोल्याबोरेटिभ गीतमा विभिन्न कलाकारहरुसँग सांगीतिक सहकार्य गर्नेछन् ।
मनोज के.सी. भन्छन्,“टुबकोर्ग ओपन सेसन्स् सिजन १ निकै सफलतापुर्वक राम्रो र रमाईलो रह्यो । पहिलो सिजनमा मेरो धेरै कलाकारहरुसँग काम गर्ने अवसर मिल्यो । यस सिजनमा मेरो धेरै गीतहरुमा काम गर्ने समय पनि मिलेको छ, पहिले भन्दा अझ राम्रो हुने आशा राख्दछु ।”