बिजनेश प्रशिक्षक एवं मोटिभेस्नल स्पिकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरूलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रुपान्तरण ल्याउने सन्दर्भमा प्रशिक्षण दिने भएका छन्।
ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा हुन लागेको 'सेल्स बुस्टर २.०' कार्यक्रममा राठोरले १ हजार ५ सयभन्दा बढी नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरूलाई प्रशिक्षित गर्न लागेका हुन्।
माघ १६ गते भक्तपुरको जर्मन होम्समा आयोजना हुने 'सेल्स बुस्टर २.०' का प्रशिक्षक राठोर 'थिंक रिच इण्डिया' का संस्थापक हुन्।
उनले हालसम्म नेतृत्व क्षमता, व्यवसायिक रुपान्तरण र जीवनशैली रुपान्तरण सम्बन्धमा एक करोडभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष प्रशिक्षण दिइसकेका छन्।
आयोजक ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपका कार्यकारी अध्यक्ष हरि डुम्रेका अनुसार नेपाली युवा विद्यार्थी, उद्यमी र व्यवसायीकै अत्यधिक मागका आधारमा विश्वविख्यात प्रशिक्षक राठोरलाई नेपाल ल्याउन लागिएको हो।
'नेपालीहरूको उद्यमलाई विस्तार गर्न, व्यवसायिक सिप बढाउन र बजारमा प्रभाव बढाउने उपायहरू सिकाउन विश्वभर सर्वाधिक खोजिनेमध्येका एक प्रशिक्षक भूपेन्द्रसिंह राठोरलाई नेपालमा स्वागत गर्दैछौं। धेरै सहभागिले जीवनउपयोगी लाभ लिनुहुनेछ,' डुम्रेले भने।
'सेल्स बुस्टर २.०' ले मुख्य गरेर मार्केटिङ सम्बन्धित व्यवसायमा आवद्धहरूलाई व्यवहारिक सिप, सकरात्मक सोच र रणनीतिक दृष्टिकोण प्रदान गर्ने आयोजकको विश्वास छ।
सहभागीहरूले ग्राहकको मनोविज्ञान बुझाइ, बिक्री मानसिकता विकास, सशक्त सञ्चार सिप, तनाव तथा द्वन्द्व व्यवस्थापन सिप, कार्यस्थल अनुशासन र व्यवसायिक व्यवहार लगायतका विषयमा ज्ञान हासिल गर्नेछन्।
सहभागीले प्रमाणपत्रसँगै ज्ञान अभिवृद्धिमा मद्दत पुऱ्याउने स्टेशनरी र किट ब्याग प्राप्त गर्ने आयोजकले जनाएको छ।
तालिममा सहभागिताका लागि खल्ती बाइ आइएमई एपबाट टिकट लिन सकिन्छ।