अनलाइन फुड डेलिभरी कम्पनी फुडमान्डुले आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ।
सन् २०१० नोभेम्बर ११ मा सानो स्टार्टअपका रूपमा सुरू भएको फुडमान्डुले हाल देशभर हजारौं ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ।
वार्षिकोत्सवका अवसरमा संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमान्डुले ग्राहकलाई सजिलै खाना पाउने माध्यम मात्र नभई रेस्टुरेन्टहरूको व्यवसाय विस्तारमा पनि सहयोग पुर्याएको बताए।
'पन्ध्र वर्षअघि ग्राहकलाई घरमै मनपर्ने खाना सजिलै पाउने सोचका साथ हामीले फुडमान्डुको सुरुआत गरेका थियौं। आज हामीले पाएको सफलता हाम्रो लागि गर्वको विषय हो,' उनले भने, 'फुडमाण्डुले ग्राहकहरूको खाना अर्डर गर्ने तरिका मात्र परिवर्तन गरेको छैन, रेस्टुरेन्टहरूलाई थप ग्राहकसम्म पुग्न र व्यवसाय बढाउन पनि सहयोग पुर्याएको छ।'
कम्पनीले अझ बढी रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो डेलिभरी सेवा दिने, अर्डर प्रक्रिया सजिलो बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ।
फुडमान्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, 'हाम्रो लागि यो १५ वर्षे यात्रा अविस्मरणीय रह्यो। हामी पहिलो दिन जस्तै उत्साहका साथ खानासँगै खुसी डेलिभरी गर्ने प्रतिबद्धतामा निरन्तर काम गरिरहेका छौं।'
हाल कम्पनीले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा एक हजारभन्दा बढी रेस्टुरेन्टसँग सहकार्य गर्दै हजारौं राइडरलाई रोजगारी उपलब्ध गराइरहेको छ।
१५औं वार्षिकोत्सवको अवसरमा फुडमान्डुले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष छुट अफर ल्याएको छ। जसअन्तर्गत दुई सयभन्दा बढी रेस्टुरेन्टका विभिन्न परिकारमा आकर्षक छुट पाउन सकिनेछ।