सन् १९८८ मा संयुक्त राज्य अमेरिकामा स्थापना भएको प्रतिष्ठित अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले २१ नोभेम्बर २०२६ मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा आफ्नो पहिलो नेपाली आउटलेटको भव्य उद्घाटन गर्ने भएको छ।
अमेरिकी खाद्य संस्कृतिमा जरा गाडेको आन्टी एन्स ताजा बेक गरिएका, हातैले आकार दिइएका प्रेट्जेल र विशिष्ट ग्राहक अनुभवका लागि विश्वभर परिचित ब्रान्डका रूपमा विकसित भएको छ।
नेपालमा यसको आगमनले अन्तर्राष्ट्रियस्तरमा रुचाइएका खाद्य ब्रान्डहरू नेपाली बजारमा ल्याउने यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ।
यो सुरुवात गो टु फुड्सका लागि पनि महत्त्वपूर्ण उपलब्धि हो। जे.जि.आई. डिस्ट्रिब्युसन प्राइभेट लिमिटेडसँगको साझेदारीमार्फत आन्टी एन्स नेपालमा भित्रिन लागेको हो।
यस साझेदारीले नेपालमा यसअघि नै सञ्चालनमा रहेका सिनाबोन र कार्भेल ब्रान्डहरूको उपस्थितिलाई थप विस्तार गर्दै देशमा अन्तर्राष्ट्रिय रूपमा परिचित खाद्य ब्रान्डहरूको पोर्टफोलियो फराकिलो बनाएको छ।
यस साझेदारीमार्फत जे.जी.आई. डिस्ट्रिब्युसन र गो टु फुड्सले स्थापित अन्तर्राष्ट्रिय ब्रान्ड, स्थानीय बजारको ज्ञान तथा नेपालको खाद्य तथा पेय पदार्थ क्षेत्रको दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतालाई एकसाथ जोड्दै नेपाली उपभोक्तालाई विशिष्ट विश्वस्तरीय खाद्य अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्।
'आन्टी एन्सलाई नेपालमा भित्र्याउनु हाम्रा लागि उत्साहजनक उपलब्धि हो। उत्कृष्ट ब्रान्डहरू आफ्ना उत्पादनका कारण मात्र नभई ग्राहकका लागि सिर्जना गर्ने अनुभव र सम्झनाका कारण पनि स्थापित हुन्छन् भन्ने हाम्रो विश्वास छ। आन्टी एन्सको आफ्नै विशिष्ट विश्वव्यापी पहिचान छ र यसका ताजा बेक गरिएका प्रेट्जेल तथा विशेष अनुभव नेपाली उपभोक्तामाझ प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ। यो सुरुवात अन्तर्राष्ट्रिय रूपमा रुचाइएका ब्रान्डहरू नेपाली उपभोक्ताको अझ नजिक पुर्याउने हाम्रो प्रतिबद्धताको अर्को कदम हो। बौद्धको आउटलेट हामीले निकट भविष्यमा विस्तार गर्ने योजना बनाएका धेरै आउटलेटहरूमध्येको पहिलो हुनेछ,' जे.जि.आई. डिस्ट्रिब्युसन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने।
'विश्वभरका उपभोक्ताको मन जित्न आन्टी एन्स सफल हुँदै आएको छ,' गो टु फुड्स इन्टरनेसनलका एसिया–प्रशान्त क्षेत्रका वरिष्ठ उपाध्यक्ष स्टिभन याङले भने।
'हाम्रो अन्तर्राष्ट्रिय विस्तार रणनीतिमा नेपाल एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हो। सिनाबोन र कार्भेलमा प्राप्त सफलतापछि जे.जी.आई. डिस्ट्रिब्युसनले आन्टी एन्सलाई पनि नेपालमा विस्तार गर्नेमा हामी उत्साहित छौँ,' उनले थपे।
बौद्धस्थित पहिलो आउटलेटमा ग्राहकहरूले स्थानीय रूपमा उपलब्ध मेनुबाट ताजा बेक गरिएका विभिन्न प्रेट्जेल, स्वादिला स्न्याक्स तथा स्फूर्तिदायी पेय पदार्थसँगै आन्टी एन्सको विशिष्ट प्रेट्जेल अनुभव लिन सक्नेछन्।
ओरिजिनल, जालापेन्यो, सिनामन सुगर, आल्मन्ड र पेपरोनी स्वादका प्रेट्जेल उपलब्ध हुनेछन्। साथै ओरिजिनल र चिज भेराइटीका प्रेट्जेल डग्स पनि उपलब्ध हुनेछन्।
ग्राहकहरूले आन्टी एन्सका लोकप्रिय प्रेट्जेल स्टिक्स—ओरिजिनल, सिनामन सुगर र आल्मन्ड क्रिम चिज—का साथै मिनी प्रेट्जेल डग्सको पनि स्वाद लिन सक्नेछन्।
यस अनुभवलाई थप स्वादिलो बनाउन क्रिम चिज, मस्टर्ड, क्यारामेल र चकलेटलगायत विभिन्न डिप्स उपलब्ध हुनेछन्।
पेय पदार्थतर्फ आन्टी एन्सको विश्वप्रसिद्ध लेमोनेड्स अन्तर्गत ओरिजिनल लेमोनेड तथा पिच, म्याङ्गो र स्ट्रबेरी स्वादका लेमोनेड मिक्सर्सका साथै तातो र चिसो कफीका विभिन्न विकल्पहरू उपलब्ध हुनेछन्।
बौद्ध आउटलेटको उद्घाटन नेपालमा आन्टी एन्सको विस्तार यात्राको सुरुवात हो। निकट भविष्यमा थप आउटलेटहरू सञ्चालन गर्ने योजना रहेको छ।
जे.जि.आई. डिस्ट्रिब्युसनसँगको साझेदारीमार्फत गो टु फुड्सले नेपालभर आन्टी एन्सको उपस्थिति विस्तार गर्दै आगामी महिनाहरूमा अझ धेरै नेपाली उपभोक्तासम्म यसको विशिष्ट प्रेट्जेल, विविध उत्पादन र आत्मीय ग्राहक अनुभव पुर्याउने लक्ष्य लिएको छ।