अझै केही वर्ष वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य नहुने बाध्यतालाई नेपाली कांग्रेसले बुझेको सभापति गगन थापाले बताएका छन्।
‘अझै केही वर्ष वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य नहुने अवस्था हामीले बुझेका छौं,’ थापाले भने, ‘यो क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ, कसैले नेपालभन्दा बाहिर रोजगारीमा जाने सोचेदेखि उ फर्किदासम्मको अभिभावकको जिम्मेवारी सरकारले पुरा गर्नुपर्छ, कांग्रेस सरकारले त्यो जिम्मेवारी पुरा गर्छ।’
नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सभापति थापाले कुनै देस जाने सोच भएको नागरिकले सो देस जान हुने नहुने, जाँदा आवश्यक पर्ने भाषादेखि पुँजी जुटाउन सरकारले सहयोग गर्ने पनि थापाले बताए।
वैदेशिक रोजगारीमा गएकाहरूले पठाउने आम्दानीबाटै जाँदाको लागत कट्टा गर्न सकिने व्यवस्था गरिने समेत उनले स्पष्ट पारे।
अनावश्यक मन्त्रालय कटौती लगायतका व्यवस्थाबाट सरकारी खर्च घटाएर भएपनि कतार, मलेसिया, इसारायलजस्ता धेरै श्रमिक भएका मुलुकमा सरकारी निकायको उपस्थिति पाँच गुणा बढाउने थापाले बताए।
रोजगारीमा जाँदा कोही ठगि, शोषणमा नपर्ने, वैदेशिक रोजगारीमै रहँदा बिरामी भए, दुर्घटनामा परे सरकारले जिम्मेवारी लिएर व्यवस्थापन गर्ने योजना कांग्रेसको छ।
वैदेशिक रोजगारीमा जानेको लागि बैंकको व्याजदरभन्दा बढी हुने गरेर सरकारले ऋणपत्र जारी गर्ने र त्यस्तो रकमबाट बन्ने कोषबाट रोजगारीबाट फर्केर यहाँ उद्यम गर्न चाहनेले विना धितो सहुलियत पूर्ण ऋण पाउँने व्यवस्था गर्ने समेत उनले बताए।
कांग्रेसले आगामी चुनावी प्रतज्ञिापत्रमा समेटएिको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।