सरकारले विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरी सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउने नीति लिएको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जन गरिने बताएका हुन्।
सरकारले सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गर्ने तथा स्थानीय तहसम्म सहज र निरन्तर यातायात सेवा विस्तार गर्ने नीति पनि अघि सारेको छ।