राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३-८४ (साउन) को पहिलो महिनामा औसत मूल्य वृद्धि ५.९६ प्रतिशत छ।
चालु आर्थिक वर्षमा मूल्य वृद्धि वार्षिक औसत ५.५ प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ।
आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा १.६८ प्रतिशत मूल्य वृद्धि दर रह्यो।
यो साउनमा घ्यु तेलमा सबैभन्दा धेरै १५.६२ प्रतिशत, फलफूलमा १५.३९ प्रतिशत, माछामासुको ८.६५, तरकारीमा ६.९० प्रतिशत र मरमसला ४.८० प्रतिशतले मूल्य वृद्धि भएको छ।
गैर-खाद्य तथा सेवा अन्तर्गत यातायातको १३.१७ प्रतिशत मदिराजन्य पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ता चप्पलको कपडाजन्य तथा ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको छ।