शुक्रबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ५ अर्ब ४८ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ४ अर्ब ८२ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५३ वटा धितोपत्रको एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ वटाको घटेको छ। यस्तै, १७ कम्पनी स्थिर छन्।
एनआइसी एसिया बैंकको मूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २५६ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, माण्डु हाइड्रोपावरको मूल्य ४.७६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८८० रूपैयाँ कायम भएको छ।
यसदिन सोपान फर्मास्यिुटिकल्सको मूल्य सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५५५ रूपैयाँ ५० पैसा पुगेको छ।
यसैगरी, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को मूल्य ५.२६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ १९ पैसामा सीमित भएको छ।
शुक्रबार लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २८७ रूपैयाँमा २४ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ। उक्त कम्पनीको २७८ रूपैयाँ ९० पैसामा २१ करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ।