लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका साथै मानव अधिकार सेवामा कर्मचारी माग गरेको छ।
आयोगले बुधबार जारी गरेको सूचनाअनुसार न्याय, सरकारी वकिल, सामान्य प्रशासन, लेखा, राजस्व लगायतका समूहमा २५२ जना कर्मचारी माग गरेको हो।
उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले psconline1.psc.gov.np मा आवेदन दिन सक्नेछन्।
