लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रशासन, इन्जिनियरिङ, कृषि र स्वास्थ्यतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ।
योग्यता पुगेका आवेदकले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ppsconline.lumbini.gov.np मा आवेदन दिन पर्नेछ।
उमेर हद पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, महिला ४० वर्ष ननाघेका र स्वास्थ्य सेवातर्फका ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षा दस्तुर चार सय रूपैयाँ लाग्नेछ। थप समूहका लागि एक सय ५० रूपैयाँ लाग्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
