कृषि विकास बैंकले विज्ञापन प्रकाशन गर्दै २४२ जना कर्मचारी माग गरेको छ।
बैंकले जारी गरेको सूचनाअनुसार शाखा प्रमुख, व्यवसाय अधिकृत र लेखापाल लगायतका पदमा ४, ६ र ८ तहको कर्मचारी माग गरेको हो।
उमेर हद ४ पदको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, ६ तहको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र ८ तहको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ।
६ र ८ तहको लागि परीक्षा दस्तुर एक हजार रूपैयाँ लाग्नेछ। समावेशीतर्फ प्रत्येक समूहको लागि पाँच सय रूपैयाँ लाग्नेछ। यस्तै, ४ तहको लागि परीक्षा दस्तुर आठ सय रूपैयाँ लाग्नेछ। समावेशीतर्फ प्रत्येक समूहका लागि चार सय रूपैयाँ लाग्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २१ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
