सानिमा बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले इन्टरनल अडिट, सेक्युरिटी एनालिस्ट, असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी माग गरेको हो।
इन्टरनल अडिटका सुपरभाइजर तहका लागि आवेदन दिने इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण तथा अर्धयोग्य चार्टर्ड एकाउन्टेन्ट (सिए/एसिसिए) उत्तीर्ण भएका योग्य रहनेछन्।
त्यसैगरी, मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातकोत्तर तह उत्तीर्ण तथा चार्टर्ड एकाउन्टेन्ट (सिए) उत्तीर्ण गरेका क्रमशः सहायक अधिकृत र अधिकृत तहका लागि योग्य हुनेछन्।
साथै, सुपरभाइजर, सहायक अधिकृत र अधिकृत तहमा आवेदन दिनको लागि क्रमशः बैंक लेखापरीक्षण अनुभव सहित बैंक/लेखापरीक्षण फर्ममा कम्तीमा एक, दुई र तीन वर्षको अनुभव भएको हुनुपर्नेछ।
यस्तै, सेक्युरिटी एनालिस्टले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव हुनु पर्नेछ।
असिस्टेन्ट ट्रेनीले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक डिग्री कम्तीमा ५० प्रतिशत वा सिजिजिए ४ मध्ये ३ वा १० मध्ये ७.५ र जुनियर असिस्टेन्ट ट्रेनीले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा ४ मध्ये २.८ जिपिए वा बि ग्रेड सहितको माध्यमिक तहको डिग्री लिएको हुनु पर्नेछ।
असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदको लागि फ्रेसरले पनि आवेदन दिन सक्नेछन्।
इच्छुकले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।