यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक १०० भन्दा माथिको रिचार्जमा डेटा बोनस पाउने भएका छन्।
एक हजारसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने छ ।
यो योजनामा १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् ।
त्यसैगरी, ५०० रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् ।
रिचार्ज रकम
|
डेटा बोनस
|
समयावधि
|
रु १००
|
१०० एमबी
|
१ दिन
|
रु २००
|
२०० एमबी
|
२ दिन
|
रु ३००
|
३०० एमबी
|
३ दिन
|
रु ५००
|
५०० एमबी
|
५ दिन
|
रु १०००
|
१ जिबी
|
१० दिन
|