नेपाल टेलिकमको सह-प्रवक्तामा उप-प्रबन्धक प्रक्षेत थापा क्षेत्रीलाई नियुक्त भएका छन्।
टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थापालाई कम्पनीको आधिकारिक सूचना तथा सञ्चार प्रवाहलाई थप व्यवस्थित बनाउन यो जिम्मेवारी दिएको कम्पनीको भनाइ छ।
नवनियुक्त सह-प्रवक्ता थापालाई कार्यालयको टेलिफोन नम्बर ०१-४२१०२९६, मोबाइल नम्बर ९८५१३८१४१५ र इमेल ठेगाना nt.spokesperson@ntc.net.np मा सम्पर्क गर्न सकिनेछ।