शाओमीले रेडमी नोट १४ सिरिजका ग्राहकलाई चाडपर्व लक्षित छुट अफर सार्वजनिक गरेको छ।
यो अफरअन्तर्गत स्मार्टफोन खरिद गर्ने ग्राहकले रेडमी 'बड्स ५ए' मात्र ९९९ रूपैयाँमा पाउनेछन्।
असोज ४ गते (सेप्टेम्बर २१)देखि कात्तिक १४ गते (अक्टोबर ३१)सम्म चल्नेछ।
'यो पहलले ग्राहकलाई उत्कृष्ट मूल्यमा सुविधा दिनुको साथै चाडपर्वलाई अझ उल्लासमय बनाउनेछ। हामी विश्वास गर्छौं, सबैलाई सजिलै पहुँच हुने मूल्यमा उत्पादन पाउनुपर्छ,' शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अफरबारे भने।
यस स्किमअन्तर्गत रेडमी नोट १४ सिरिजका सबै मोडेलहरू-रेडमी नोट १४, रेडमी नोट १४ फाइभजी, रेडमी नोट १४ प्रो फाइभजी र रेडमी नोट १४ प्रो प्लस फाइभजी खरिद गर्दा सुविधा उपलब्ध हुनेछ।
साधारणतया दुई हजार ४९९ रूपैयाँ पर्ने रेडमी बड्स ५ए ग्राहकले मात्र ९९९ रूपैयाँमा पाउनेछन्।
यो अफर आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत पाइनेछ।