एनसेलले सोमबारबाट सुरु हुन गइरहेको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई झनै रोमाञ्चक बनाउन एनपिएल फ्यान प्याकहरु ल्याएको छ।
एनपीएलको यो दोस्रो संस्करण अवधिभर ग्राहकहरुले विभिन्न वान टाइम प्याक र रिन्यूवल प्याकहरू खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरु बोनस स्वरुप निःशुल्क पाउने छन्।
एनपिएल फ्यान प्याक शनिबार (कार्तिक २९)बाट लागू हुने र मंसिर २७ सम्म संचालनमा रहनेछ।
अफरको सूचीमा समावेश प्याकअनुसार, ग्राहकहरूलाई २५ मिनेट अन–नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन–नेट कल, निःशुल्क टिकटक, निःशुल्क यूट्युब, ७५० एमबी डेटा वा १ जिबी डेटा जस्ता १ दिनका लागि मान्य बोनसहरू उपलब्ध हुनेछन्।
यसको अर्थ ग्राहकहरूले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन्।
बोनस सेवा सुविधासँगै, ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपिएलको खेलको टिकट जित्ने अवसर पनि प्राप्त हुनेछ।
एनपीएल फ्यान प्याकमा ९९ रूपैयाँमै अनलिमिटेड डेटा, अनलिमिटेड अल नेपाल रिन्यूअल, दुई सय रूपैयाँमा कम्बो, कम्बो रिन्यूअल, २ सय ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल, अनलिमिटेड अल नेपाल रिन्यूअल, तीन सय ९९ रूपैयाँमा सधैं अन, सधैं अन रिन्यूअल, ५ सय ९९ रूपैयाँमा होम एन्ड अवे र होम एन्ड अवे रिन्यूअल लगायतका प्याक समावेश छन्।
यी सबै प्याकले प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रूपमा पाइन्छ। जस्तै, ९९ रूपैयाँमा अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन–नेट कल पाउनेछन्।
सधैं अन र सधैं अन रिन्यूअल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यस्तै, होम एन्ड अवे वा यसको रिन्यूअल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब सुविधा दिइने छ। अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरुले १ जिबी डेटा बोनस पाउँने छन्। यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा एक दिनको हुनेछ।