इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट एक्स प्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
ठुलो स्क्रिन, राम्रो प्रदर्शन र स्मार्ट फिचरको संयोजनसहित यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जन सबैका लागि उपयुक्त बनाइएको छ।
एक्स प्याड २० प्रो मा १२ इन्चको टु के डिस्प्ले र ९० हर्ज रिफ्रेस रेट रहेको छ, जसले भिडिओ हेर्दा, पढ्दा वा गेम खेल्दा स्क्रिन निकै स्मुथ र क्लियर देखिन्छ।
यस ट्याब्लेटमा हेलियो जी१०० अल्टिमेट प्रोसेसर जडान गरिएको छ, जसले एकैचोटि धेरै काम गर्न, गेम खेल्न र दैनिक प्रयोगमा राम्रो परफर्मेन्स दिन्छ।
इनबिल्ट ४जी सपोर्ट भएकाले वाइफाई नभए पनि जहाँसुकै इन्टरनेट चलाउन सकिन्छ।
एक्स प्याड २० प्रो मा इन्फिनिक्स एआई पनि दिइएको छ। यसले लेख्न सहयोग गर्ने, अनुवाद गर्ने, लामो सामग्री छोट्याएर देखाउने र स्क्रिनमा देखिएको कुरा चिन्ने जस्ता स्मार्ट कामहरू सजिलै गर्न मद्दत गर्छ।
मनोरञ्जनका लागि यस ट्याब्लेटमा ४-स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ, जसले चलचित्र, गेम र संगीतका लागि वास्तविक ३६०-डिग्री साउन्ड अनुभव प्रदान गर्छ।
साथै, ६.५८ एमएम अल्ट्रा-स्लिम मेटल युनिबडी डिजाइनले प्रिमियम लुक र हातमा मजबुत अनुभूति दिन्छ।
यो ट्याब्लेटले मल्टी डिभाइस कोलाब्रेसन पनि सपोर्ट गर्छ जसबाट मोबाइल र ट्याब्लेटबीच फाइल सेयर गर्न, स्क्रिन कास्ट गर्न र कामलाई अझ सजिलो बनाउन सकिन्छ।
४ जिबी ऱ्याम+ १२८ जिबी स्टोरेजको मूल्य २६ हजार ९९९ रूपैयाँ र ८ जिबी ऱ्याम र २५६ जिबी स्टोरेजको मूल्य ३१ हजार ९९९ रूपैयाँ तोकिएको छ।
यो ट्याब्लेट देशभरका अधिकृत इन्फिनिक्स स्टोरहरूमा उपलब्ध छ।