भिभो नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई–३१ डी ल्याउने तयारी गरेको छ।
कम्पनीका अनुसार यस फोनमा ७२०० एमएएच क्षमताको ठूलो ब्याट्री रहनेछ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ।
साथै, ४४ वाट फ्ल्यासचार्ज सपोर्टका कारण छोटो समयमा चार्ज हुने बताइएको छ।
ब्याट्री टिकाउपनका लागि ६ वर्षको ब्याट्री हेल्थ ग्यारेण्टी र २५ तहको सेफ्टी प्रोटेक्सन रहने जानकारी दिइएको छ।
भिभो वाई–३१ डीमा आइपी ६८ र आइपी ६९ डस्ट तथा वाटर रेसिस्टेन्स रहनेछ, जसले धुलो र पानीबाट फोनलाई सुरक्षित राख्नेछ।
परफर्मेन्सका लागि स्नापड्रागन सिक्स एस गेन टु फोर जी प्रोसेसर रहने र सफ्टवेयरतर्फ ओरिजिन ओएस ६ प्रयोग हुने जनाइएको छ।
डिजाइन हल्का तौल, आरामदायी ग्रिप र प्रिमियम लुक्सका साथ आउने बताइएको छ।
यद्यपि मूल्य र आधिकारिक बिक्री मिति भने सार्वजनिक भइसकेको छैन।
कम्पनीले भिभो वाई–३१ डीको औपचारिक घोषणा छिट्टै हुने जनाएको छ।