नेपालको डिजिटल भुक्तानी सञ्जाल फोनपेले डिजिटल भुक्तानी क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यलाई सम्मान गर्ने उद्देश्यले वार्षिक कार्यक्रम 'फोनपे अवार्ड्स २०८३' को पहिलो संस्करण आयोजना गरेको छ।
काठमाडौंमा आयोजित समारोहमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, उद्योग क्षेत्र, फिनटेक कम्पनी, व्यवसायी, प्रविधि साझेदार, अन्तर्राष्ट्रिय भुक्तानी साझेदार, सञ्चारमाध्यम तथा डिजिटल प्रभावकर्तासहित ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकका अधिकारी तथा उद्योग क्षेत्रका नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालका पूर्व अर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
नेपालको डिजिटल भुक्तानी यात्राबारे सम्बोधन गर्दै उनले डिजिटल अर्थतन्त्रको विकासका लागि निरन्तर नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकास आवश्यक रहेको बताए।
फोनपे र यसका साझेदारले निर्माण गरेको संरचना भुक्तानी सञ्जालमा मात्र सीमित नभई हरेक नेपालीलाई भविष्यको अर्थतन्त्रसँग जोड्ने वित्तीय पुल भएको उनको भनाइ थियो।
नयाँ डिजिटल भुक्तानी सेवा सार्वजनिक
अवार्ड समारोहअघि फोनपेले डिजिटल भुक्तानीलाई थप सहज, स्मार्ट, पहुँचयोग्य र समावेशी बनाउने उद्देश्यले विभिन्न नयाँ उत्पादन तथा सेवा सार्वजनिक गरेको थियो।
अटोपे बाइ फोनपेमार्फत ग्राहकले नियमित तथा दोहोरिने भुक्तानी स्वचालित रूपमा व्यवस्थापन गर्न सक्नेछन्।
यस सुविधाले युटिलिटी बिल, सदस्यता शुल्क तथा नियमित रकम स्थानान्तरणजस्ता भुक्तानीमा पटक–पटक म्यानुअल प्रक्रिया अपनाउनुपर्ने आवश्यकता कम गर्ने कम्पनीले जनाएको छ।
फोनपे सर्कलले समूहमा हुने खर्च व्यवस्थापन तथा रकम बाँडफाँटलाई सहज बनाउनेछ।
यसले परिवार, व्यवसाय तथा समुदायमा सामूहिक भुक्तानीलाई व्यवस्थित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, टक टु पे सेवामार्फत प्रयोगकर्ताले आवाजमा आधारित निर्देशन प्रयोग गरी भुक्तानी प्रक्रिया सुरू गर्न तथा कारोबार सम्पन्न गर्न सक्नेछन्।
यस सुविधाले टाइप गर्नुभन्दा आवाजमार्फत प्रविधि प्रयोग गर्न सहज मान्ने प्रयोगकर्ताका लागि डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने कम्पनीको अपेक्षा छ।
यसैबीच, फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गरी फोनबिज नामबाट सार्वजनिक गरिएको छ।
यो व्यवसायका दैनिक गतिविधि सहज र व्यवस्थित बनाउन तयार गरिएको व्यावसायिक समाधान प्लेटफर्म हो।
फोनबिजमार्फत व्यवसायीले ग्राहकबाट प्राप्त हुने भुक्तानीको अभिलेख राख्न, कर्मचारीको तलब तथा विक्रेतालाई भुक्तानी गर्न, विस्तृत व्यावसायिक प्रतिवेदन हेर्न, व्यावसायिक कर्जाका लागि आवेदन दिन तथा लोयल्टी कार्यक्रमहरूमा सहभागी हुन सक्नेछन्।
यी सुविधाहरू एउटै एपबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।
कार्यक्रममा सात विधाअन्तर्गत कुल २५ अवार्ड प्रदान गरिएको थियो।
डिजिटल भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी, सीमापार कारोबार, क्रेडिट कार्ड, व्यापारी भुक्तानी स्वीकृति तथा समग्र डिजिटल भुक्तानी इकोसिस्टममा योगदान पुर्याउने संस्था र व्यवसायलाई सम्मान गरिएको हो।
फोनपे क्युआर विधा
|
अनर्स
|
विजेता
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंक (जारीकर्ता)
|
ग्लोबल आइएमई बैंक
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंक (अधिग्रहणकर्ता)
|
एनआइसी एसिया बैंक
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने विकास बैंक (जारीकर्ता)
|
मुक्तिनाथ विकास बैंक
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने विकास बैंक (अधिग्रहणकर्ता)
|
मुक्तिनाथ विकास बैंक
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने वित्त कम्पनी (जारीकर्ता)
|
मञ्जुश्री फाइनान्स
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने वित्त कम्पनी (अधिग्रहणकर्ता)
|
मञ्जुश्री फाइनान्स
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने वालेट साझेदार (जारीकर्ता)
|
इसेवा
|
|
फोनपे क्युआरमा सर्वाधिक कारोबार गर्ने वालेट साझेदार (अधिग्रहणकर्ता)
|
इसेवा
|
|
फोनपे क्युआरका लागि सर्वाधिक सक्रिय व्यापारी आबद्ध गर्ने साझेदार
|
कुमारी बैंक
|
फोनपे डाइरेक्ट विधा
|
अनर्स
|
विजेता
|
|
फोनपे डाइरेक्टमा सर्वाधिक कारोबार गर्ने वाणिज्य बैंक (जारीकर्ता)
|
ग्लोबल आइएमई बैंक
|
|
फोनपे डाइरेक्टमा सर्वाधिक कारोबार गर्ने विकास बैंक (जारीकर्ता)
|
मुक्तिनाथ विकास बैंक
|
|
फोनपे डाइरेक्टमा सर्वाधिक कारोबार गर्ने वित्त कम्पनी (जारीकर्ता)
|
मञ्जुश्री फाइनान्स लिमिटेड
|
फोनपे बिल्स विधा
|
अनर्स
|
विजेता
|
|
फोनपे बिल्समा सर्वाधिक कारोबार गर्ने साझेदार (जारीकर्ता)
|
नबिल बैंक
|
सीमापार भुक्तानी विधा
|
अनर्स
|
विजेता
|
|
सर्वाधिक सीमापार भुक्तानी कारोबार गर्ने साझेदार
|
इसेवा
|
|
सर्वाधिक सीमापार भुक्तानी रकमको कारोबार गर्ने साझेदार
|
इसेवा
|
फोनपे क्रेडिट कार्ड विधा
|
अनर्स
|
विजेता
|
|
सर्वाधिक फोनपे क्रेडिट कार्ड जारी गर्ने वाणिज्य बैंक
|
लक्ष्मी सनराइज बैंक
|
|
सर्वाधिक फोनपे क्रेडिट कार्ड जारी गर्ने विकास बैंक
|
गरिमा विकास बैंक
|
|
सर्वाधिक फोनपे क्रेडिट कार्ड जारी गर्ने वित्त कम्पनी
|
मञ्जुश्री फाइनान्स
|
|
सर्वाधिक फोनपे क्रेडिट कार्ड कारोबार गर्ने साझेदार (जारीकर्ता)
|
सिटिजन्स बैंक
|
व्यापारी विधा
|
अनर्स
|
विजेता
|
|
सर्वाधिक फोनपे क्युआर भुक्तानी स्वीकार गर्ने व्यापारी
|
मेगा मार्ट प्रा. लि.
|
|
सर्वाधिक फोनपे क्रेडिट कार्ड भुक्तानी स्वीकार गर्ने व्यापारी
|
भाटभटेनी सुपर मार्केट
|
विशेष अनर्स विधा
|
अनर्स
|
विजेता
|
|
उच्च प्रभावकारी रणनीतिक सहकार्यका लागि साझेदार अनर्स
|
सिटिजन्स बैंक
|
|
उच्च प्रभावकारी उद्यम स्रोत योजना एकीकरणका लागि साझेदार अनर्स
|
आइएमएस सफ्टवेयर प्रा. लि.
|
|
वित्तीय प्रविधि प्रणाली विकासमा उत्कृष्ट योगदानका लागि संस्था अनर्स
|
काठमाडौं फिनटेक
|
|
डिजिटल भुक्तानीमा उत्कृष्ट योगदानका लागि अनर्स
|
भाटभटेनी सुपर मार्केट
|
कार्यक्रमको समापन गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले नेपालको डिजिटल भुक्तानी इकोसिस्टम नियामक निकाय, वित्तीय संस्था, व्यापारी, प्रविधि साझेदार तथा लाखौँ प्रयोगकर्ताको सामूहिक प्रयासबाट विकसित भएको बताए।
उनका अनुसार आगामी दिनमा पनि सहकार्य, विश्वास र नवप्रवर्तनले डिजिटल भुक्तानी क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
नेपालको डिजिटल भुक्तानी यात्रामा उल्लेखनीय प्रगति भइसकेको र अझै धेरै उपलब्धि हासिल गर्न बाँकी रहेको उनले बताए।
डिजिटल भुक्तानी दैनिक कारोबारको अभिन्न हिस्सा बन्दै गएको अवस्थामा फोनपे अवार्ड्सलाई नेपालको डिजिटल वित्तीय क्षेत्रको विकासमा योगदान पुर्याउने संस्था, व्यवसाय तथा व्यक्तिको उत्कृष्टता र उपलब्धिलाई सम्मान गर्ने वार्षिक मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य कम्पनीले राखेको छ।
फोनपेले नेपालभरका उपभोक्ता तथा व्यवसायका लागि डिजिटल भुक्तानीलाई अझ सहज, पहुँचयोग्य, निर्बाध र प्रभावकारी बनाउन साझेदार तथा समग्र डिजिटल भुक्तानी इकोसिस्टमसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।