आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कायम छ। शुक्रबार ९८ हजार ६ सयमा कारोबार भएको सुन आज २ सयले घटेको हो। आज चाँदीको मूल्य १३ सय २५ रुपैयाँमा पुगेको छ।
शुक्रबार १३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहको छ।
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७, ०१:१२:००