नेपाल रत्न तथा आभूषण संघले हिरासहित बहुमूल्य धातुलाई भ्याट छुट दिन आग्रह गरेका छन्।
सोमबार राजधानीमा एक कार्यक्रम गर्दै संघले हिरा र बहुमूल्य पत्थरलाई पुनः मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीमै राख्न आग्रह गरेको छ।
त्यस्तै, व्यवसायीहरूले सुनमा विलासिता कर लगाउने प्रावधान खारेज गर्नुका साथै, सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका जारी गर्नुपर्ने बताएका छन्।
गरगहना व्यवसायलाई पनि निर्यात गर्दा भन्सार फिर्ता सुविधा प्रदान गर्नुपर्ने उनीहरूको माग छ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत हिरा तथा बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीबाट हटाएको छ।
त्यस्तै, सुन र सुनका गरगहनामा दुई प्रतिशत बिलासिता कर लगाएको छ।
सरकारको यस प्रकारको नीतिले भारत लगायका छिमेकी मुलुकबाट अवैध रूपमा भित्रिनुका साथै खर्बौैै लगानी भएको व्यवसाय डुब्ने व्यवसायीहरूको भनाइ छ।
सुनचाँदी व्यवसायीले पनि सुनमा विलासिता कर लगाएको भन्दै बिहीबारदेखि कारोबार बन्द गरेका छन्।
उनीहरू पसल बन्द गरेरै सडकमा उत्रिएका छन्।