नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ बढेको छ।
अघिल्लो शुक्रबारदेखि लगातार घट्ने क्रममा रहेको सुनको भाउ सोमबार भने बढेको हो।
आइतबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा चार हजार आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।