नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।
मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा ६ सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ।
मंगलबार प्रतितोला तीन हजार ६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।