नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ।
बिहीबार प्रतितोला १३ हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा पाँच हजार नौ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला तीन हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार आठ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।