डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल तिर्न बाँकी ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले प्रशासकीय पुनरावेदन समय दिएको छ।
२०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन गर्न सक्ने समय दिएको हो।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो समय दिइएको हो।
बाँकी महसुलको ५ प्रतिशत रकम वा सो बराबरको एक वर्षको म्याद रहने 'क' वर्गबाट जारी भएको बैंक ग्यारेन्टी धरौटी राखेर पुनरावेदनमा जान सकिने प्राधिकरणले उल्लेख गरेको छ।
