काग र लोखर्केले तार छोएर सर्ट भएपछि सिंहदरबारमा बिजुली अवरूद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार करिब एक घन्टादेखि सिंहदरबारमा बिजुली छैन।
‘काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको रहेछ, करेन्ट लागेर काग र लोखर्के मरेका छन्,’ उनले भने, ‘सिंहदरबारमा अहिले बिजुली अवरूद्ध छ, मर्मतको काम भइरहेको छ।’
बिजुली अवरूद्ध हुँदा सिंहदरबारभित्र कामकाज पनि प्रभावित बनेको छ।