काठमाडौं उपत्यकामा अहिले ठाउँमा ठाउँमा सडक भत्काएको देख्नुभएको होला।
सधैँ हिँडिरहेको बाटोमा संकेत चिह्नयुक्त फिता टाँगेर आवतजावत गर्न निषेध गरिएको पनि होला। अथवा आवतजावतलाई एकतर्फी तुल्याउँदै धमाधम सडक, बाटो र ढल निर्माण भइरहेको होला।
यस्तो कार्यलाई अनौठो मान्नुपर्दैन। काठमाडौं उपत्का मात्रै होइन देशका अरू स्थानमा पनि यसै गरी असारे विकास भइरहेका छन्।
आर्थिक वर्ष सकिनै लाग्दा धमाधम विकासको ‘लहर’ चलेको देखिन्छ। झमझम पानी परेका बेला पनि बाटो पिच–ढलान भइरहेको भन्दै कतिपयले यस्तो हतारको निर्माण कार्यलाई 'बजेट सक्ने मेलो' भन्दै टिप्पणी गरिरहेको पनि सुनिन्छ।
बर्खायाममा ढल निकास बनाउँदा, बाटो तथा सडक खनेर छाड्दा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ। भल अथवा बाढी बस्तीमा पस्न पनि सक्छ।
एक त असार मासको विकास दिगो र टिकाउ देखिएको छन। अर्को बर्खायाममा पानी परिरहेका बेला हुने विकासजन्य गतिविधिले यात्रु र बटुवालाई झन् बढी सकस थप्छ।
तै पनि यो चलनले निरन्तरता पाइरहेकै छ।
यहाँ हामीले असारमा धमाधम भइरहेको विकासको केही नमूना प्रस्तुत गरेका छौं।
-1750247589.jpg)
-1750247589.jpg)
-1750247587.jpg)
-1750247585.jpg)
-1750247585.jpg)
-1750247586.jpg)
-1750247586.jpg)
-1750247587.jpg)
-1750247584.jpg)
-1750247583.jpg)
-1750247583.jpg)
-1750247584.jpg)
-1750247582.jpg)
-1750247582.jpg)
-1750247581.jpg)
-1750247581.jpg)