सोल्टी होटलले २६.३१ प्रतिशत लाभांस घोषणा गरेको छ। होटलको सोमबार बसेको सन्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र ११.३१ प्रतिशत नगद लाभांस घोषणा गरेको हो।
होटलले शेयरधनीलाई ८ करोड २९ लाख रुपैयाँ नगद लाभांस र एक करोड ९ लाख कित्ता बोनस शेयर दिने भएको छ। अहिले होटलको शेयरको अंकित मूल्य १० रुपैयाँ छ।
साधारणसभाले लाभांस पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण गरिने होटलले जानकारी दिएको छ। तर, त्यसका लागि मंसिर २४ गतेसम्म शेयर खरिद गरेको हुनुपर्ने छ।
होटलले पुस २४ गते ४५औं वार्षिक साधारणसभा गर्ने भएको छ।
साधारणसभाका लागि भन्दै मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ।