नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले मालवाहक सवारीसाधनका स्टाफलाई सरकारले खानाको व्यवस्था गर्नुपर्ने माग गरेको छ।
देशका विभिन्न स्थानबाट उपत्यका भित्रिने मालवाहक सवारीसाधनका चालक र सहचालक घण्टौसम्म भोकै रहनुपर्ने अवस्था सृजना भएको महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘होटल खुलेको पनि छैन। जाहाँ पायो त्यहाँ खाना खान पनि भएन। स्वस्थ खानाको व्यवस्था सरकारले गर्नु पर्छ। भोकै कतिदिन काम गर्न सकिन्छ’, उनले भने।
त्यस्तै गाडीका स्टाफलाई मास्क सेनिटाइजर, जस्ता स्वास्थ्य उपकरण पनि उपलब्ध गराउनु पर्ने उनले माग गरे।