नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको जिल्ला समन्वय समिति, काभ्रेले यातायात मजदुरहरूको लागि क्वारेन्टिनको व्यवस्था गरेको छ।
गत साउन ८ गतेदेखि यातायात संचालन भएसँगै होटेलमा ३० शैयाको क्वारेन्टिनको व्यवस्था गरिएको समितिमा अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिए।
‘यातायात मजदुहरु कोरोनाको धेरै जोखिममा हुनुहुन्छ। भोलिको दिनमा हाम्रा स्टाफलाई कोरोना लाग्यो भने हामी यही क्वारेन्टिनमा राख्छौ,’ उनले सेतोपाटीसगँ भने।
अहिलेको लागि १ महिनाको लागि होटल बुक गरिएको र आवस्यक परेको खण्डमा समय र शैयाको संख्या बढाउन सकिने उनले जानकारी दिए।
समन्वय समितिका अन्तर्गत काभ्रे बस सेवा प्राली, काभ्रे पुण्यवती यातायात सेवा प्राली, सिन्धु हेलम्बु यातायात सेवा प्राली र गणश हिमाल तराई यातायात सेवा प्रालीमा ६ सय ५० बसमा करिव १४ सय यातायात कर्मचारी कार्यरत छन्।
जिल्ला समन्वय समिति, काभ्रेको यो कामले यातायात व्यवसायीहरु मजदुरहरुप्रती जिम्मेवारी झल्काएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘उहाँहरुको यो कामले देशभरका यातायात व्यवसायीलाई सकारात्मक सेन्देश दिएको छ। यस्ता कामलाई देशभरका अरु व्यवसायीहरुलाई अनुसरण गर्न हामी अनुरोध गर्छौ,’ सिटौलाले सेतोपाटीसगँ भने।