नेपाली विद्यार्थीका लागि उच्च गुणस्तरीय, किफायती र करियरमुखी शिक्षा प्रदान गर्ने उद्देश्यले इडिएफ–जाम्बोरीले विभिन्न चार वटा देशलाई अध्ययन गन्तव्यका रूपमा सुरू गरेको छ।
इडिएफ-जाम्बोरीले जर्मनी, फिनल्याण्ड, बेल्जियम र नेदरल्यान्डलाई रणनीतिक अध्ययन गन्तव्यका रूपमा सुरु गरेको हो।
कम्पनीका अनुसार हाल नेपाली विद्यार्थीहरू र उनका अभिभावकहरूले किफायती र भविष्यमुखी शिक्षाको विकल्प खोजिरहेका छन्। 
यसै सन्दर्भमा यी चार युरोपेली देशहरूलाई केन्द्रमा राखेर सुरू गरिएको यो अभियान विद्यार्थीहरूको बदलिँदो आकांक्षाको रोजाइमा पर्ने कम्पनीले जनाएको छ। 
'युरोप अहिले विश्वकै सबैभन्दा अग्रगामी, पहुँचयोग्य र किफायती शिक्षाको केन्द्र बनेको छ। आजका विद्यार्थीहरू डिग्री मात्र होइन, मूल्य र अवसर खोजिरहेका छन्,' इडिएफ–जाम्बोरीका वरिष्ठ सल्लाहकार भन्छन्।'
अध्ययनपछि रोजगारीका सम्भावना, अन्तर्राष्ट्रिय अनुभव र आर्थिक दिगोपना लगायतका पक्ष पनि सकरात्मक रहेको उनले बताए।
परामर्शदाताको भनाइ अनुसार युरोपेली विश्वविद्यालयहरूले उच्चस्तरीय प्राविधिक, व्यावसायिक र अनुसन्धानमुखी कार्यक्रमहरू कम शुल्कमा उपलब्ध गराउँदै आएका छन्।
जसले बेलायत, अमेरिका वा अष्ट्रेलिया जस्ता परम्परागत गन्तव्यहरूको तुलनामा यी गन्तव्यहरूमा ठूलो आकर्षण बनाएको छ।
इडिएफ–जाम्बोरीले हालसम्म पाँच हजारभन्दा बढी विद्यार्थीहरूलाई विदेश पठाएको र पाँच सयभन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग साझेदारी रहेको जनाएको छ।
कम्पनीको भिसा स्वीकृति दर पनि करिब ९५ प्रतिशत रहेको बताएको छ।
संस्थाका अनुसार यो अभियानले नेपाली विद्यार्थीहरूलाई सुरक्षित, स्थायी र अवसरयुक्त शैक्षिक भविष्यतर्फ मार्ग निर्देशन गर्नेछ।
साथै, यसले नेपाली शिक्षा परामर्श उद्योगमा युरोपलाई 'स्मार्ट डेस्टिनेसन' का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
'हामी चाहन्छौं कि नेपाली विद्यार्थीहरूले गुणस्तरीय शिक्षासँगै अन्तर्राष्ट्रिय अनुभव पनि सस्तो लागतमा प्राप्त गर्न सकून्,' सल्लाहकारले भने, 'युरोप अब केवल वैकल्पिक होइन। व्यवहारिक र दिगो निर्णय बन्न सक्छ।'
हाल युरोपेली विश्वविद्यालयप्रति नेपाली विद्यार्थीहरूको आकर्षण तीव्र रूपमा बढ्दो देखिएको छ।
यो प्रवृत्तिलाई ध्यानमा राख्दै इडिएफ–जाम्बोरीले आफ्नो परामर्श सेवा र छात्रवृत्ती सम्बन्धी जानकारी देशभर विस्तार गर्ने तयारी गरेको छ।